पक्ष र प्रतिपक्ष मिल्नुको विकल्प नरहेको कांग्रेसका नेता विश्वकर्माको प्रतिक्रिया
वि.सं.२०७५ वैशाख ४ मंगलवार ०६:२५
shares

मिन विश्वकर्मा
काठमाडौं । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले सत्ता पक्ष र प्रतिपक्ष मिल्नुको विकल्प नभएको बताएका छन् ।मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दैविश्वकर्माले ६ महिनाभित्र झण्डै तीन सय कानुन बनाउनुपर्ने भएकाले सत्तापक्ष र प्रतिपक्ष संसदमा मिल्नुको विकल्प नभएको बताएका हुन् ।
संसदीय समिति १० वटा बनाउने तयारी भइरहेका बेला प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा कांग्रेस सदस्य विश्वकर्माले सातवटा कायम राख्न सुुझाव दिए । सातले नपुग्ने भए बढीमा नौवटासम्म बनाउन सकिने जनाए ।
१३ सदस्यीय समितिमा संयोजक पोखरेल र सदस्य विश्वकर्मासहित जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडु, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, डा। मीनेन्द्र रिजाल, रवीन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, डा। विन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव सदस्य रहेका छन् ।
































