पार्टीमा समान व्यवहार हुनुपर्छ: नेपाल

6.33K
shares

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा योग्यता र क्षमताका आधारमा कार्यकर्तालाई जिम्मेवारी दिनुपर्ने बताएको छ । पुष्पलाल मञ्च नेपालद्वारा आज धनगढीमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन, सङ्घीयता र समृद्धि’ विषयको कार्यक्रममा उनले पार्टीभित्र गुटउपगुट बनाई कार्यकर्तालाई हेप्ने र पछाडि पार्ने प्रवृत्ति देखिएको तथा योग्यता र क्षमता भएका व्यक्तिमाथि अपमान भइरहेको बताए।

नेता नेपालले पार्टीमा हाटहुटे व्यक्ति हावी भएमा पार्टी सकिने बताउँदै सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार गरेर अघि बढ्नाको विकल्प नभएकामा जोड दिए। “पार्टीमा एउटै गल्ती गर्दा कसैलाई फसाउने, कसैलाई पूजा गर्ने प्रवृत्ति बढेको छ, नियमकानून सबैलाई बराबर लागू हुनुपर्छ, कसैलाई पाखा त कसैलाई काखी गरिनुहुन्न ।”

उनले एमसिसी अनुदान सहयोग नेपालको हित विपरीत भएको जिकिर गर्दै त्यसमा रहेका केही बुँदा सच्याउनुपर्ने बताए । नेता नेपालले तीनै तहका सरकारले एकापसमा समन्वय गरेर विकासनिर्माणका कामलाई प्राथमिकता राख्नुपर्नेमा जोड दिएका छन् । उनले भ्रमण वर्ष सफल पार्न तीनै तहका सरकारले विशेष योजना बनाएर अघि बढ्नुपर्ने तथा सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि योजनाबद्धरुपमा लाग्नुपर्ने सुझाव पनि दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083