प्रधानमन्त्री ओलीले खाए देशको नक्सा

7.68K
shares

मुक्तिखबर,काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा नेपालको नक्सा आकारको बर्थ डे केक बनाएर काटेर खाएका छन् ।  सार्वभौम राज्यको नक्सालाई टुक्रा टुक्रा पारेर खाएपछि यतीबेला सामाजिक सञ्जालहरुमा उनको चर्को बिरोध भईरहेको छ । काठमाडौंबाट ठूलो जत्था लिएर आफ्नो पुख्र्यौली गाउँ आठराई तेह्रथुम पुगेर उनले नेपालको नक्सा आकारमा बनाइएको केक काटेका हुन् ।

ओलीसंग आचारसंहिता उल्लंघन र राज्य टुक्रिएको सन्देश दिने खालको केक काटेको साक्षी बन्न नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, प्रधानमन्त्री पत्नी, स्थानीय जनप्रतिनिधिहरु, नेताहरु, सुरक्षाकर्मीहरु लगायत पनि संगै उपस्थित थिए ।

ओलीको जन्मदिनका अवसरमा आठराई गाउँपालिकामा सार्वजनिक बिदा नै दिइएको पाईएको छ । गाउँपालिकाले बिदासंगै कर्मचारी र मातहतका विद्यालयका शिक्षकहरुलाई कार्यक्रममा अनिवार्य उपस्थितिका लागि व्हीप नै जारी गरेको थियो । भने उनीहरुलाई तोकिएको पोशाकमा उपस्थित हुन पनि गाउँपालिकाले निर्देशन दिएको थियो।

प्रधानमन्त्रीको जन्मदिनको केक काट्नकै लागि बिद्यालय नै बन्द गरेर विद्यार्थीहरुलाई ट्याक्टरमा ओसारिएको पाईएको छ ।

सिंगो राज्य संयन्त्र नै प्रयोग गरेर आफ्नो जन्मदिन मनाएका ओली केही समयदेखि सामाजिक सञ्जालमा आलोचनाको केन्द्र बनेका छन् ।

नेपाल कम्युनिष्ट पाटी नेकपाको अध्यक्ष समेत रहेका ओलीको गतिविधिले पाटीकै आचार संहिताको पनि धज्जी उडेको छ ।

नेकपाले गत माघ ५ गते पार्टीभित्र विशेष परिपत्र जारी गर्दै आचार संहिता तोकेको थियो । उक्त परिपत्रमा पार्टीका नेता, कार्यकर्ता तथा सदस्यले पालन गर्नुपर्ने आचारसंहिताको बारेमा उल्लेख गरिएको छ।

आचार संहितामा परिवारभित्र बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गुर्नपर्ने उल्लेख छ।

आचार संहिता नेकपाका कार्यकर्तादेखि अध्यक्षसम्मलाई लागु हुन्छ । तर ओलीले आइतबार त्यो आचारसंहिता पनि च्यातिदिए । उनले आफैले लाहाछाप लगाएको आचारसंहिताको पनि धज्जी उडाएका छन्।

काठमाडौंबाट ठूलो टिम लिएर आफ्नो पुख्र्याली थलो पुगेर उनले नेपालको नक्सा आकारमा बनाइएको केक काटेर सिंगो देशको नक्सा काटेपछि उनी माथि गम्भीर प्रश्न उठेको छ । देशको कार्यकारीले यस्तो गर्नु गम्भीर विषय भएको जानकारहरु बताउँछन् ।

भारतमा पाँच वर्षअघि भारतीय कांग्रेस पाटीकी अध्यक्ष सोनिया गान्धीको जन्मदिनमा भारतको झण्डाको केक बनाएर काटेर खाएपछि बबाल मच्चिएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083