वडा अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

5.56K
shares

मुक्तिखबर,दैलेख ।

जिल्लाको डुङ्गेश्वर गाउँपालिका(५ का वडाअध्यक्ष टेकबहादुर भण्डारीसहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा अख्यिारले भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

डुङ्गेश्वर गाउँपालिका(५ स्थित पिपलचौतारा माविको राहत दरबन्दीमा निमावी तहको सामाजिक विषयको शिक्षक पदपूर्तिका लागि गाउँपालिकाबाट सञ्चालन गरिएको शिक्षक छनौट परीक्षामा गोपनीयता भंग गरी आफ्ना निकटलाई उत्तीर्ण गराएर अनियमितता गरेको छानबिनबाट पुष्टि भएपछि वडाअध्यक्षसहित चारविरुद्ध मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार वडाअध्यक्ष भण्डारीसहित सोहि वडाका सदस्य समेत रहेको विव्यस अध्यक्ष भक्तबहादुर शाही, छनौटमा परेका शिक्षक घनश्याम भण्डारी र बैकल्पिक उम्मेदवार दलबहादुर विश्वकर्माविरुद्ध मुद्धा दायर गरिएको हो ।

शिक्षक छनौटका लागि गाउँपालिकाले गत पुष २६ गते परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षामा वडाध्यक्ष भण्डारीको निर्देशनमा वडासदस्य एवं विव्यस अध्यक्ष शाहीले परीक्षा सञ्चालन हुनु अगावै पश्नपत्र परीक्षार्थी घनश्याम भण्डारी र दलबहादुर विश्वकर्माको म्यासेन्जरमा पठाइ अधिकारको दुरुपयोग गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

वडाध्यक्ष भण्डारी र वडासदस्य एवं विव्यस अध्यक्ष शाहीको मिलेमतोमा विषयविज्ञले तयार गरेको प्रश्नपत्र तथा वस्तुगत प्रश्नहरुको उत्तरकुञ्जिकाको फोटो खिची शिक्षक छनौट परीक्षाको संयोजकसमेत रहेका भक्तबहादुर शाहीको मोबाइलबाट घनश्याम भण्डारी र दलबहादुर विश्वकर्माको म्यासेन्जरमा पठाइ आफू निकटका व्यक्तिलाई शिक्षक पदमा नियुक्त गरी गैरकानुनी लाभ पुर्‍याउन प्रश्नपत्रको गोपनियता भंग गरेको प्रमाणित भएको अख्तियारले जनाएको छ ।

घनश्याम भण्डारी शिक्षक छनौट भएपछि रिक्त हुने विद्यालयको सहायक लेखापाल पदमा नियुक्त गराउने वडाध्यक्ष भण्डारी र वडासदस्य एवं विव्यस अध्यक्ष शाहीको योजनामा समर्थन जनाएर शिक्षक पदमा वैकल्पिक उम्मेदवार दलबहादुर विश्वकर्मा समेत परीक्षा अनियमिततामा संलग्न भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083