यस्तो बन्यो पोखराको सहिद पार्कमा रवीन्द्र अधिकारीको शालिक

12.26K
shares

मुक्ति खबर,पोखरा।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको अवसरमा स्वर्गीय अधिकारीको शालिक आज पोखरामा अनावरण गरिएको छ ।

अधिकारीको शालिक उनको बार्षिकीको पुण्यतिथिमा पोखरा १८ जामुनबोटमा बन्दै गरेको सहिद पार्कमा अनावरण गरिएको हो ।

सुर्खेतका कलाकार तिलबिर सुनार सेन्चुरीले रवीन्द्रको मुर्ति तयार पारेर सहिद पार्कको पूर्वी भागमा राखिएको पूर्ण कदको रंगीन शालिकमा अन्य सहभागीहरुले पनि माला अर्पण गरेका थिए । उनको शालिकको माथिपट्टी हेलिकप्टरको डमी पनि स्थापना गरिदै छ ।

शालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा योजना मन्त्री हरिबहादुर चुमान, उनकी धर्म पत्नी विद्या भट्टराई, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी लगायतले अनावरण गरेका हुन् ।

स्वर्गीय रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम स्मृति दिवसलाई सम्बोधन गर्न आज नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पोखरा पोखरा प्रस्थान गर्दे छन् । पोखराको सभागृहमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

तस्वीर सौजन्य : पोखरा न्युज डटकम


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083