एकैदिन २२ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?

8.66K
shares

काठमाडौँ ।

बुधबार सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढेको छ ।मंगलबार प्रतितोला ७८ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार  तोलामा २ हजार २ सयले बढेर ८० हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघल जनाएको छ ।

मंगलबार ७८ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार ८० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, मंगलबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083