पौडेल पक्षद्वारा जिल्ला उपसभापतिको प्रशिक्षण बहिष्कार

5.94K
shares

काठमाडौँ। 

नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभातिका लागि आज आयोजना गरेको प्रशिक्षणमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उपस्थित नहुने निर्णय गरेको छ ।

आज बिहान काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको पौडेल पक्षको भेलाले जिल्ला उपसभापतिको प्रशिक्षण कार्यक्रममा सहभागी नहुने निष्कर्ष निकालेको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिनुभयो । प्रतिष्ठानले पार्टीका करिब पाँच लाख क्रियाशील सदस्यलाई जिल्ला कार्यसमितिमार्फत प्रशिक्षण दिने उद्देश्यले सबै जिल्लाका उपसभापतिलाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले १४औँ महाविधेशनको मिति तोकिसकेको अवस्थामा आचारसंहिता, विधिविधान र पार्टीमा स्थापित मान्यता विपरीत एकलौटी रुपमा केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय विभाग प्रमुख मनोनयन गरेको पौडेल पक्षले आरोप लगाएको छ । सभापति देउवाले यही फागुन १७ र १९ गते पार्टीका २० केन्द्रीय विभागमा प्रमुख, दुई केन्द्रीय र ११ आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गर्नुभएको थियो ।

भेलामा उपस्थित केन्द्रीय सदस्य, उपलब्ध जिल्ला सभापति र उपसभापतिहरुको सुझावअनुसार उक्त निर्णय लिइएको केन्द्रीय सदस्य परियारले बताउनुभयो । भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, नेताहरु सिंह, अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, बलबहादुर केसी, दीपक गिरिलगायत उपस्थित हुनुहुन्थ्यो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083