कोरोनाको कारण रोकियो राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण
वि.सं.२०७६ फागुन २९ बिहीवार १४:२४
shares

मुक्तिखबर,काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न बंलादेश भ्रमण कोरोनाका कारण रद्ध भएको छ । राष्ट्रपति भण्डारी यही चैत ९ गते बंलादेश भ्रमणमा जाने कार्यतालिका थियो ।
बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानको एक सयौं जन्मदिनको अवसरमा आयोजना हुने कार्यक्रम सहभागी हुने र त्यहाँको संसदलाई समेत सम्बोधन गर्नेगरी उनी बंगलादेश जान लागेकी थिइन्।
बंगलादेशका राष्ट्रपिता रहमानको सयौं जन्मजयन्तीका दिन चैत ४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख अतिथि बनाएर मुख्य कार्यक्रम गर्ने तयारी थियो।
बंगलादेश र भारतका अधिकारीहरुले कोरोनाका कारण सो कार्यक्रम पनि स्थगित भएको जनाएका छन्। भारतीय प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथि बनाउने योजनाको विरोधमा बंगलादेशमा ठूलो विरोध प्रदर्शन भएको भएको थियो। त्यहीबेला बंगलादेश सरकारले ३ जना नागरिकमा कोरोना देखिएको जनाएको थियो।




























