कोरोना भाइरसविरुद्धको खोप मानिसमा पहिलो पटक परीक्षण गरिँदै
वि.सं.२०७६ चैत ३ सोमवार ११:२८
9.49K
shares
shares

वासिङटन डिसी।
अमेरिकामा पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप परीक्षण गर्न लागिएको छ। बीबीसीका अनुसार अमेरिकाको सीयाटलमा सोमबार ४५ जना अमेरिकी स्वयंसेवीमा खोपको परीक्षण गर्न लागिएको हो।
ती स्वयंसेवी कुनै पनि कोरोना संक्रमित भने होइनन्। उनीहरूले खोपको विभिन्न मात्रा सीयाटलको काइसर पर्मानेन्ट वासि टन हेल्थ रिसर्च इन्स्टिच्यूटमा लिने बताइएको छ। उक्त खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन। त्यसमा मेसिन्जर आरएनए (RNA) को सानो भाग भएको बताइएको छ।
अमेरिकी सरकारको आर्थिक सहयोहयोगमा मोडेर्ना नाम गरेको निर्माताले खोपको निर्माण गरेको हो।यसअघि वैज्ञानिकहरूले जनावरमा खोप परीक्षण गरे पनि मानिसमा भने ६ महिना लाग्न सक्ने बताउँदै आएका थिए। एजेन्सी




























