मन्त्रिपरिषद् बैठक सुरु

10.27K
shares

काठमाडौं । कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारीस्तरबाट गर्नुपर्ने थप प्रयासबारे छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे सुरु भएको हो।

बैठकमा कोरोना भाइरस संक्रमण रोकथामका लागि भइरहेका प्रयासहरु, लकडाउनका कारण अप्ठेरोमा परेका व्यक्तिहरुलाई सरकारी स्तरबाट गर्न सकिने थप सहयोग तथा अन्य समसामयिक विषयमा छलफल हुदै छ।

बैठकमा केही मन्त्रालयगत एजेण्डाहरु पनि प्रस्तुत हुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिका पदाधिकारीलाई लकडाउनलाई कडाइका साथ लागू गर्न निर्देशन दिएका थिए।

लकडाउनको समयमा थुप्रै मानिसहरु लामो पैदल यात्रामा निस्किन थालेपछि विभिन्न ठाउँका स्थानीय सरकारले उद्धार गर्ने र गाडीको व्यवस्था गरेर घर पठाउने काम सुरु गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083