२ प्रतिशत ब्याजदर घटाउन राष्ट्र बैंकको निर्देशन

7.59K
shares

काठमाडौँ ।

कोरोना प्रभावितको व्यवसायका लागि राष्ट्र बैंकले २ प्रतिशतले ब्याजदर घटाउन निर्देशन दिएको छ।आज आफू मातहतका बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर घटाउन निर्देशन दिएको हो।

राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेशन, साबुन तथा केमिकल उद्योग, मेडिलक पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सूर्तिजन्य पदार्थ र मदिरा उद्योगले लिएको ऋणमा बाहेक अन्य क्षेत्रका लागि दिइएको ऋणमा बैंकहरूरुले २ प्रतिशतका दरले ब्याजदर घटाउनु पर्नेछ।

यसैगरी, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाले बैशाख र जेठ महिनाको किस्ता असार मसान्तमा बुझाउँदा जरिबाना शुल्क तिर्नु नपर्ने भएको छ।

कर्जा ऋण लिने व्यवसायीले लकडाउन सकिएको ६० दिनभित्र तिर्नुपर्नेछ। साथै केन्द्रीय बैकले कुनै उद्योगीले चालु पुँजी कर्जामा थप १० प्रतिशत कर्जा लिन सक्ने गरी सीमा बढाइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083