प्रदेश ५ का दुई जना कोरोना संक्रमित भएको पुष्टि
वि.सं.२०७७ वैशाख १९ शुक्रवार १५:११
7.89K
shares
shares

काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप दुई जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको जनाएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५ र नेपालगञ्ज बाँकेका ६० वर्षीय पुरुषमा सो सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज जानकारी दिनुभयो ।
उहाँले ती दुवैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेको र अवस्था सामान्य रहेको बताउनुभयो । नेपालमा सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ भने सङ्क्रमणबाट निको भइ १६ जना घर फर्किसकेका छन् ।





























