काठमाडौंका यी क्षेत्रमा आइतबार र सोमबार बत्ती नहुने

7.87K
shares

काठमाडौं ।

काठमाडौंका केही स्थानमा दुई दिन विद्युत आपूर्ति रोकिने भएको छ। कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तारको लागि स्यूचाटार–स्वयम्भू फिडरबाट वितरित एचटी लाइनको जम्पर छुटाएर सितापाइला गोल्छा चोकसँगैको सेक्सनलाइजर स्विच काटेर काम गर्नुपर्ने भएकोले ती स्थानको लाइन काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

आइतबार र सोमबार बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फ्याक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सट डाउन हुने प्राधिकरणले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083