कोरोना जितेर घर फर्किए रुपन्देहीका पहिलो संक्रमित

6.02K
shares

बुटवल ।

रुपन्देहीमा कोरोना संक्रमण भएका पहिलो व्यक्ति आज घर फर्केका छन् । जिल्लाको कोटहीमाई गाउँपालिका पुर्निहवका २५ वर्षीय युवक कोरोनामुक्त भएर घर फर्किएका हुन् उनको तेस्रो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई बुटवल धागो कारखानामा निर्मित कोरोना विशेष अस्पतालमा वैशाख १९ गते भर्ना गरेर उपचार गरिएको थियो । “लगातार दुई पटकसम्म कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरेका हौंँ”, मेसु डा खनालले भन्नुभयो, “रिपोर्ट नेगेटिभ देखिए पनि तत्काललाई १२ दिन घरमै क्वारेन्टाइन बस्न सल्लाह दिएर पठाएका छौँ ।” क्वारेन्टाइनमा नाच्दै

रोजगारीका लागि भारतमा गएका उनी वैशाख ५ गते भारतबाट लुकिछिपी नेपाल पसेका थिए । गाउँलेले उनी आएको जानकारी स्थानीय प्रशासनलाई दिएपछि स्थानीय क्वारेन्टाइनमा पठाइएको थियो ।

क्वारेन्टाइनमै रहेका बेला उनीलगायत ३० जनाको स्वाब परीक्षण गर्दा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा बस्दा उनले गीतसंगीतमा तथा नृत्यमा लागेर रमाइलो गर्ने गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083