कपिलवस्तुमा भेटिए थप एक जना कोरोना संक्रमित
वि.सं.२०७७ वैशाख ३१ बुधवार १४:३५
5.33K
shares
shares

काठमाडौं ।
बुधबार कपिलवस्तु जिल्लामा पनि एक जनामा कोराोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो ।
बुधबारै बाँकेका एक ३६ वर्षका युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।




























