कर्मचारीमा कोरोना देखिएपछि पुल्चोकको आरोग्य प्रतिष्ठान सिल गरियो

7.05K
shares

ललितपुर ।

ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान बुधबार बिहानदेखि सिल गरिएको छ।मंगलबार भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया युवती प्रतिष्ठानकी कर्मचारी रहेको खुलेपछि प्रशासनले उक्त प्रतिष्ठान भएको भवन गरेको हो।

संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिनअघि काठमाडौं आएकी थिइन्।उनलाई लिन आरोग्य केन्द्रका ड्राइभर र अर्का एक सहयोगी गएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।

‘भक्तपुरकी कोरोना संक्रमित महिलालाई लिन आरोग्य केन्द्रबाट गाडी गएको थियो,’ राईले भने’,’उनी त्यहाँकी कर्मचारी रहछिन्। त्यही भएर हामीले सिल गरेका हौं। ‘

आरोग्य केन्द्रमा मिर्गौलाको डायलासिसलगायत उपचार गर्ने गरिन्थ्यो।संक्रमित युवतीलाई टेकु अस्पतालमा भर्ना गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083