गृहले गर्यो सवारी पासमा कडाइ

6.4K
shares

काठमाडौं ।

कोरोना संक्रमितको संख्या २१७ पुगेपछि गृह मन्त्रालयले सवारी पास सम्बन्धमा कडाइ गरेको छ । गृह मन्त्रालयले मंगलबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरेको जनाएको छ । यो नियम आज बुधबारदेखि नै लागू हुने मन्त्रालयले जनाएको छ ।

एक जिल्लाबाट अर्को जिल्ला जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने भएमा उपत्यका बाहिरका जिल्लाको हकमा पास जारी गर्ने जिल्लाले पुग्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्र पास जारी गर्नुपर्ने जनाएको छ ।

त्यसै गरी अन्य जिल्लाबाट काठमाडौं प्रवेशका लागि पास जारी गर्दा गृह मन्त्रालयको स्वीकृतिमा मात्र पास जारी गर्नुपर्ने भएको छ । यसरी पास जारी गर्नुपर्नाको प्रयोजन र पुस्ट्याइँसमेत खुलाउनुपर्ने भएको छ ।

काठमाडौं उपत्यका प्रवेशका लागि पास जारी गर्दा गृह मन्त्रालयको स्वीकृति नम्बर उल्लेख भएको हुनुपर्ने व्यवस्था गरेको छ । विनापास एक जिल्लाबाट अर्को जिल्लामा आवागमन गरेको पाइएका पुग्नुपर्ने ठाउँमा नपुग्ने रोक्ने व्यवस्था मिलाउने मन्त्रालयले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083