थप २४ जनामा देखियो कोरोना संक्रमण,नेपालमा संक्रमितको संख्या २४३ पुग्यो

7.94K
shares

काठमाडौं ।

बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।यस अघि आज नै बाँके र कपिलवस्तु गरी २ जना संक्रमित भेटिएका थिए ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ताका डा.समिर कुमार अधिकारीले जानकारी गराउनु भएको छ । हाल उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083