काठमाडौंमा सबैको कोरोना परीक्षण गरिने

11.28K
shares

काठमाडौं । काठमाडौं उपत्यकामा सर्वसाधरण सबैको कोरोना भाइरस परीक्षण गरिने भएको छ ।पहिलो चरणमा स्वयमसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

महानिर्देशक श्रेष्ठका अनुसार सर्वसाधरणको आजै (बिहीबार) देखि नै कोरोना परीक्षण थालिनेछ । शुरुमा कालीमाटी  फलफूल तथा तरकारी बजारमा रहेका व्यापारीको परीक्षण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

‘काठमाडौंमा १० हजार जनाको परीक्षणको तयारी गरेका छौं’ श्रेष्ठले  ‘परीक्षणमा यदि कसैलाई पोजेटिभ देखिए उसको कन्ट्याक ट्रेसिङ गरेर पीसीआर गरिनेछ ।’


divya collage
unigloble collage