रुकुम घटना प्रकरण : पूर्व गृहमन्त्री जनार्दन शर्मा नै उक्त घटनाप्रती ढाकछेप गर्न लागेको आरोप !
वि.सं.२०७७ जेठ १४ बुधवार २१:४४
shares

काठमाडौँ । गत जेठ १० गते रुकुम चौरजहारी नगरपालिका–८ मा भएको घटनालाई लिएर चौतर्फी विरोध भएको छ । अन्तर्जातीय प्रेम र विवाहको विषयलाई लिएर घटाइएको घटनाले वर्तमान राज्य व्यवस्थाको मूल्य, मान्यता, संविधान र कानुनको समेत खिल्ली उडाउन उक्त घटना सफल भएको भन्दै प्रश्न उठ्न थालेको छ ।
मुख्यत : संसदमा जनार्दन शर्माले दिएको अभिब्यक्तीप्रती चर्को रुपमा आलोचना हुन थालेको छ । उक्त घटनाप्रती उनले गाउलेहरू देख्न साथ हाम फालेर मरेको भन्दै नेता शर्माले बताएका थिए । तर मृत्यु भएका लोकेन्द्र सुनारको हात बाँधिएको अवस्थामा भेटिए पछि त्यहाँकै स्थानिय बासिन्दा, वडा अध्यक्ष, प्रहरी प्रशासन लगाएतको मिलेमत्तोमा घटना घट्न सफल भएको देखीन्छ । तर हिजो मात्रै जनार्दन शमाले संसदमा मेरो आफ्नो गृह जिल्लाको घटनाको बारेमा म केही बताउँछु भन्दै उनले बोलेको कुराको बिरोध हुँदा हुँदै पनि उनले केही कुरा बताएका थिए । जुन उनले बोलेको कुराको चौतर्फी आलोचना हुन थालेको छ ।
संसदमा बोलेको भिडियो हेर्नुहोस्
उनले उक्त घटनाप्रती किन यस्तो अभिब्यत्ती दिए, के आधारमा बोले, कसले यस्तो गलत सुचना दियो भन्दै आम जनताले उनि माथि नै शंका गर्न थालेका छन् । उनले हिजो संसदमा बोलेको अभिब्यक्ती र घटनाको परिथीति, स्थीती र मृत्त भेटिएको लासलाई हेर्दा त्यहाँकै जिम्मेवार ब्यक्तीहरुले घटाएको हो भन्ने प्रमाण जुट्न थालेको छ । यि सबै तथ्य हेर्दा ज्युदै बाँधेर नदिमा फालेको उक्त घटनाको अवस्थाले प्रश्ट्याएको छ । कतै जनार्दन शर्मा नै त घटनालाई ढाकछेप गर्न लागि परेका त छैनन् भन्दै उनि माथि नै शंका उत्पन्न भएको छ ।
कठै अहिले जनार्दन शर्माले के सोच्दै होलान्, आफैँ हाम फालेर मरेका हुन् कि कसैले ज्युदै बाधेर फालेको होलान् यो कुरा उनले गहिरो रुपमा बुझ्ने कि नबुझ्ने, सोच्ने कि नसोच्ने कि गाँउलेहरू देख्न साथ आफैँ हाम फालेर मरेको हुन् भन्दै संञ्चार माध्यमहरुमा फेरि पनि बोल्दै हिड्ने हो, यो प्रश्न उनि खडा भएको छ ।
उक्त घटनाप्रती उनलाई त्यस्तो जानकारी दिने कुन निकाय हो, कुन प्रशासन हो , सिडियो, प्रहरी प्रमुख वा गाउँलेहरु हुन् । घटना र नेता शर्माले बोले कुरा सुन्दा उनले नै बोलेको कुरा झुटो हुन पुगेको छ । यस विषयको वास्तविकता बुझ्न आम जनताहरु आतुर छन्, त्यसैले दोषीलाई मात्र हैन अब गलत सुचना दिनेहरुलाई पनि कारबाही हुनुपर्छ।
गाउँलेहरुको लखेट्दा हराइरहेका ३ जनामध्ये १ जनाको शव भेटिएको छ । अझैं २ जना बेपत्ता छन् । गाँउलेको कुटाईबाट नवराज विक, गणेश बुढामगर र टिकाराम सुनारको शव भेटिएको थियो । सो घटनामा परी गोविन्द सुनार, सञ्जु विक र गोविन्द शाही बेपत्ता थिए ।
नवराजकी प्रेमिका भनिएकी युवती ठकुरी परिवारकी हुन् । युवतीको सरसल्लाहमै नवराज सहितको समूह उनलाई लिन सोती पुगेको थिए । तर गाउँले मिलेर उनीहरुमाथि आक्रमण गरेका थिए । सो क्रममा ३ जनाको मृत्यु भएको थियो ।





























