बाजुराको क्वारेन्टाइनमा १ जनाको मृत्यु

7.45K
shares

काठमाडौं । बाजुराको खप्तड छेडेदह गाँउपालिका ७ को क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु भएको छ । गत जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ बर्षीय वृद्वको शुक्रबार राति मृत्यु भएको हो ।

गाउँपालिकाको वडा ७ का अध्यक्ष खगेन्द्र रावतका अनुसार गाउँकै मष्टा आधारभूत विद्यालय बुढाबाडामा रहेको क्वारेन्टाइनमा उनको मृत्यु भएको हो। मृतक २५ वर्षदेखि भारतमा बस्दै आएका र १५ जेठ मात्र गाउँमा आएका थिए ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी प्रयोगशालामा पठाउने र उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिनुभयो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083