बिहानै गण्डकी प्रदेशमा थपिए ३८ संक्रमित,कुल संख्या ११३

6.55K
shares

काठमाडौं । गण्डकी प्रदेशमा आज बिहानै ३८ कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो पटक स्याङजा, गोरखा, बाग्लुङ र पूर्वी नवलपरासीमा संक्रमित भेटिएका हुन् ।

थपिनेमा स्याङजाका १४ जना, बाग्लुङका १० र गोरखाका ९ जना रहेका छन् । स्याङजाका १४ संक्रमित मध्ये १३ जना बालिङ नगरपालिकाका छन् । उनीहरुको उमेर १८ देखि ४९ वर्षको छ । त्यस्तै भीरकोटका ४५ वर्षीय युवकमा पनि संक्रमण पुष्टि भएको छ । बाग्लुङका संक्रमित मध्ये नौ जना बडिगाड गाँउपालिकाका २२ देखि ५२ वर्ष उमेरका छन् । एक जना संक्रमित भने ढोरपाटन नगरपालिकाका २६ वर्षिय पुरुष छन् ।

त्यस्तै गोरखाको गण्डकी गाँउपालिकाका २५ देखि ४३ बर्ष उमेरका नौ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । पालुङटारका १७ बर्षिय पुरुष पनि संक्रमित भएका छन् । गोरखा जिल्लामै पहिलो पटक संक्रमित भेटिएका हुन् ।

त्यस्तै पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका ४ जनामा संक्रमण देखिएको हो । संक्रमित सबै पुरुष रहेको र १७ देखि ५२ वर्षसम्मका उमेरका छन् । उनीहरु सबै हालैमात्र भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।

शनिबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा उनीहरुको पीसीआर परीक्षण गरिएको थियो । संक्रमितलाई सम्बन्धित जिल्लाको अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083