यी हुन् हालसम्म कोरोना संक्रमण नदेखिएका ६ जिल्लाहरु

9.46K
shares

काठमाडौँ । कोरोना भाइरसको संक्रमण नेपालका ७१ जिल्लामा फैलिसकेको छ। पछिल्लो पटक रोल्पामा पनि संक्रमित देखिएपछि अब ६ जिल्ला मात्र सुरक्षित देखिएका छन्।

प्रदेश(१ मा इलाम र ओखलढुंगा कोरोना संक्रमणबाट सुरक्षित छन्। यस्तै, वागमती प्रदेशको रसुवा अहिलेसम्म सुरक्षित छ। गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङ पनि अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित छन्।

इलाम, ओखलढुंगा, रसुवा, मनाङ, मुस्ताङ, पश्‍चिम रुकुम हालसम्म कोरोना भाइरसको संक्रमणबाट सुरक्षित देखिएका छन्।

तीमध्ये सबैभन्दा बढी प्रदेश-२ मा देखिएका छन्। सबैभन्दा कम वागमती प्रदेशमा ९२ जना मात्र संक्रमण देखिएको छ।सुदूरपश्‍चिमका नौवटै, कर्णाली प्रदेशका १० मध्ये नौ, प्रदेश(५ का १२ वटै, गण्डकी प्रदेशका ११ मध्ये नौ, वागमती प्रदेशका १३ मध्ये १२, प्रदेश(२ का आठवटै र प्रदेश(१ का १४ मध्ये १२ जिल्लामा कोरोना संक्रमित देखिएका छन्।

नेपालमा हालसम्म कोरोना संकमण जित्नेको संख्या ४ सय ६७ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १४ जनाले ज्यान गुमाएका छन् भने ४ सय ६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्तै विश्वभर करीब ६९ लाखमा कोरोना संक्रमण पुष्टि भएको छ।गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पहिलोपटक १० माघमा पुष्‍टि भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083