आफुसँगै काम गरेका ५ जना साथीको हत्या गर्ने सिंजाली पक्राउ

9.79K
shares

काठमाडौं । रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारमा ५ जनाको हत्या भएको छ। कान्छीबजारको मैनहवा स्थित स्थानीय कृष्णबहादुर पुनको पशु फर्ममा काम गर्ने सुर्खेतका झसेन्द्र सिंजालीले आफुसँगै काम गर्ने साथीहरुको हत्या गरेका हुन् ।

चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय जानकी मुसहर, पोखराज मुसहर, करन चौधरी, आशिस चौधरी र रुपन्देही मुर्गियाका माधव मुसहर रहेका छन् ।

मदिरा सेवन गरेका झसेन्द्रले कोदालो प्रहार गरी पाँचै जनाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्यामा सग्लन सिंजालीलाई प्रहरीले तिलोत्तमा दशवाट पक्राउ गरेको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083