गोर्खा भर्ती केन्द्र खारेज गर– बिप्लव समूह

11.4K
shares

काठमाडौं । मुलुकभित्र भूमिगत गतिविधिमा रहेको नेत्रविक्रम चन्द बिप्लव समूहले गोर्खा भर्तीकेन्द्र खारेज गर्न माग गरेको छ । नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशकाविरुद्ध युद्धमा भाग लिने कार्य उचित र स्वीकार्य नभएको बिप्लब समूहको ठहर छ ।

गोर्खा भर्ती कार्य कार्य असंलग्न राष्ट्रहरुले अबलम्बन गरेको सिद्धान्तविरुद्ध भएको समेत भएको भन्दै शनिबार उक्त समूहले विज्ञप्ती समेत जारी गरेको छ ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘दुई समान छिमेकीकाबीचमा नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक छ।’ गोर्खा भर्ती देशका लागि लज्जजनक रहेको भन्दै युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न समेत उनले माग गरेका छन्।

उनले नेपाली युवाहरू कार्यरत गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न भारतलाई आग्रह गरेका छन् । साथै नेपाली युवाहरूलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष अपिल गरेका छन् ।


divya collage
unigloble collage