कोरोना संक्रमणबाट ललितपुरमा थप एकको मृत्यु, मृतकको संख्या २९ पुग्यो
वि.सं.२०७७ असार १५ सोमवार १०:१२
7.87K
shares
shares

काठमाडौं । कोरोना संक्रमणबाट ललितपुरमा थप एक जनाको मृत्यु भएको छ । जिल्लाको स्टार अस्पतालमा उपचाररत् रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिनुभयो ।
गएराति दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।



















