नेकपा र कांग्रेस कार्यकर्ताको झडपमा गोली चल्यो, १८ घाइते

10.43K
shares

काठमाडौं । नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा गोली लागेर केही घाइते भएका छन्। सर्लाहीको धनकौल गाउँपालिकामा भएको झडपमा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घाइते मध्ये केहीलाई गोलीको छर्रा लागेको छ ।

जिल्लाको रामनगरका ६० वर्र्षीय नेकपा कार्यकर्ता रामजल राय यादवको एकसाता अघि मृृत्यु भएको थियो। रायको मृत्यु नभई नेपाली कांग्रेसका कार्यकर्ताले हत्या गरेको आरोप नेकपाका नेता कार्यकर्ताको आरोप छ। उक्त घटनाको विरोधमा हिजो विभिन्न ठाउँमा प्रदर्शन गरिएको थियो।

सोही क्रममा धनकौलमा प्रदर्शनका क्रममा झडप भएको प्रहरीले जनाएको छ। गोली कसले चलायो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख तथा एसपी विश्वमणि सुवेदीले जानकारी दिनुभयो ।

अनुसार अहिले अवस्था सामान्य भइसकेको छ। मृतक सामजलको शव जिल्ला अस्पताल सर्लाहीको शव गृहमा राखिएको छ। नेकपाले हत्यारा पक्राउ नगरेसम्म शव नउठाउने बताउँदै आएको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage