प्राधिकरणका एक सयजना कर्मचारीको सरुवा, हेर्नुहोस् को कहाँ ?

8.74K
shares

नेपाल विद्युत प्राधिकरणले एक सयजना कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले आइतबार छैटौ तहदेखि दशौ तहसम्म सरुवा तथा पदस्थापना गरेको छ । मंसिर २१ गतेको निर्णय अनुसार विभिन्न तहका कर्माचारी सरुवा, काज, तथा पदस्थापना गरिएको प्राधिकरणले जनाएको छ ।

सरुवा हुनेमा प्रबन्धकमा प्रणाली योजना विभागका प्रकाशनारायण सिंह राजपुत, कोहलपुर–नेपालगञ्ज र पथलैया–हरनिया १३२ केभी प्रसारण लाइन आयोजना प्रमुख राजु श्रेष्ठ र हेटौंडा ग्रिड शाखा प्रमुख विक्रमकुमार अमात्य छन । राजपुतलाई इलेक्ट्रोमेकानिकल डिजाइन महाशाखामा, श्रेष्ठलाई हेटौंडा ग्रिड शाखामा र अमात्यलाई प्रणाली योजना विभागमा सरुवा गरिएको प्राधिकरण कर्मचारी प्रशासन महाशाखाले जनाएको छ ।

सरुवा हुनेमा १६ जना उप–प्रबन्धक (९ तह) छन् । सरुवा हुने उप–प्रबन्धकमा अमलेखगन्ज कंक्रिट पोल प्लान्टका परमार धीरसेन टंकी सिनवारी तथा लम्की कंक्रिट पोल आयोजनामा सरुवा भएका छन । यस्तै कुलेखानी दोस्रो जलविद्युत केन्द्रका आभाष ओझा मोदी खोला जलविद्युत केन्द्रमा, गण्डक जलविद्युत केन्द्रका कपिलदेव मानजन सुनकोसी जलविद्युत केन्द्रमा तथा सुनकोसी जलविद्युत केन्द्रका गिरबहादुर केसी प्राविधिक लेखा परीक्षण महाशाखा आन्तरिक लेखा परीक्षण विभागमा सरुवा भएका छन ।

यसैगरी, प्राविधिक महाशाखा, तालिमकेन्द्रका तारादत्त भट्ट कुलेखानी दोस्रो जलविद्युत केन्द्रमा, मोदीखोला जलविद्युत केन्द्रका पवन बस्नेत प्राविधिक महाशाखा तालिम केन्द्रमा एवं पुवाखोला जलविद्युत केन्द्रका प्रल्हाद राउत इलेक्ट्रोमेकानिकल डिजाइन महाशाखामा सरुवा भएका छन ।

मल्टी फ्युल पावर प्लान्ट दुहबीका सुनिलकुमार चतुर्वेदी गण्डक जलविद्युत केन्द्रमा, बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाका ऋषिकुमार नरनवाल पोखरा वितरण केन्द्रमा, गुलरिया वितरण केन्द्रका परितोषकुमार चौधरीलाई पनि पोखरा वितरण केन्द्रमा सरुवा गरिएको छ । सहायक प्रबन्धक (८ औ तह) ३६ कर्मचारी, इन्जिनियर सातौ तहको ४४ जना, छैटौ तहको १ जना सरुवा भएका छन् । एउटै कार्यालयमा २ वर्ष अवधि पूरा गरेका कर्मचारीको विधि र प्रक्रियाअनुसार सरुवा गरिएको प्राधिकरणले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083