क्यानको कारबाही नेपाली क्रिकेटमा प्रतिगमन: विनोद घिमिरे

8.44K
shares

नेपाल क्रिकेट संघ(क्यान)ले खेलाडीहरुलाई कारबाही गर्न लागेको कुरा अघिल्लो दिन नै थाहा भइसकेको थियो। मिडियामा यसपल्ट खेलाडी ग्रेडिङलगायत विषयमा बोलेका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारबाहीकै उदेश्यले दोहोर्‍याएर स्पष्टीकरण सोधिएको थियो।

बैठकले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिने समेत निर्णय गरेको छ । सन्दीप लामिछानेप्रति कुनै आग्रह पूर्वाग्रह नभए पनि क्यानको यो निर्णय आततायी र घोर निन्दनीय छ ! यसलाई नेपाली खेल क्षेत्रमा भएको प्रतिगमन भन्न सकिन्छ ।

क्यानले कप्तान मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ जुन सर्वथा हास्यास्पद छ ।

खेलाडीको केन्द्रिय सम्झौतालाई लिएर कप्तान मल्ल सहित केही सिनियर खेलाडीले सार्वजनीक रुपमा गुनासो गरेका थिए । खेलाडीको वर्गिकरण बैज्ञानिक र व्यवहारिक नभएको मल्ल सहित केही सिनियर खेलाडीको गुनासो थियो ।

सोही विषयलाई लिएर क्यानले खेलाडीसँग स्पष्टिकरण समेत सोधेको थियो । खेलाडीको स्पष्टिकरण चित्त बुझ्दो नभएको र खेलाडी आचार संघीता पालना नगरेको भन्दै क्यानले कप्तान मल्ल सहित खेलाडीमाथि कारबाही गरेको हो ।

क्यानले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण आगामी डिसेम्बर २१ देखि पोखरामा सञ्चालन गर्ने निर्णय गरेको छ । साथै नेपाल प्रशिक्षक संघलाई मान्यता प्रदान गर्ने र क्यानका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गर्ने निर्णय गरेको छ ।

संघले मल्ल र सि‌ंहसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई​ २०२२ को सेन्टर्ल कन्ट्रयाक्टमा सहभागी नगराउने पनि निर्णय गरेको छ । संघले गठन गरेको छानबिन समितिले उनीहरुले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।​ क्यानले गर्ने खेलाडीहरूको ग्रेडको विषयमा चार जनाले मिडियामा बोल्दै असन्तुष्टी जनाएका थिए । सोही विषयमा क्यानले उनीहरुलाई स्पष्टीकरण नै सोधेको थियो ।

नेपाली खेलकुदको हितमा समर्पित राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघ जस्ता संस्थाले नबोल्ने हो भने क्यानको यो प्रतिगमन खड्गप्रसादको प्रतिगमन भन्दा डरलाग्दो स्वरुप धारण गर्ने छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083