मधेस प्रदेशमा एमाले मन्त्रीले बुझाए राजीनामा
वि.सं.२०७९ चैत २१ मंगलवार १५:५८
3.82K
shares
shares

काठमाडौं। एमालेबाट नियुक्त भएका चार मन्त्री र एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर उनीहरूले राजीनामा बुझाएका हुन्।
मुख्यमन्त्री यादवले एमालेबाट नियुक्त भएका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरे पछि राजीनामा बुझाएका हुन् । संघमा बनेको गठबन्धनअनुसार प्रदेशमा अब नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश सरकारमा सहभागी गराउने तयारी रहेको छ।



















