सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा
वि.सं.२०८० वैशाख २३ शनिवार १८:०८
4.5K
shares
shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरू भएको छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ।
बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालय जानकारी दिएको छ।
गठबन्धन दलहरू जेठ १५ गते बजेट आउनुअघि सरकारको नीति तथा कार्यक्रम र आगामी वर्षको प्राथमिकताबारे छलफलमा केन्द्रित छन्।
यस्तै, बैठकमा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्तापछिको परिस्थिति, भोलिबाट सुरू हुने बजेट अधिवेशन लगायतका विषयमा छलफल हुने बताइन्छ। बैठकमा अधिवक्ताहरु पनि सहभागी रहेका छन् ।





























