स्वार्थमा धक्का लागेपछी निम्नस्तरमा चरीत्रहत्या गर्न लागिपरेका केही मिडिया

9.88K
shares

सम्पादकीय- विश्वभरका बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्र लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी दिने नेपाल सरकारको निर्णयप्रति नेपाली केही राष्ट्रिय मिडिया भन्न मनपराउने प्राइभेट कम्पनी हात धोएर लुम्बिनी विकास कोषको उपाअध्यक्ष धर्म गुरु डा.ल्हारक्याल लामा्को विरुद्ध लागेको प्रष्ट देखिन्छ।

नेपाली राजनीति र नेपाल सरकारको उच्चपदमा रहेका व्यक्ति जसको आडमा  करोडौं भ्रष्टाचार गर्नेहरूका विरुद्ध राज्यको श्रोत र साधनको अपचलन गर्नेको विरुद्ध  आँखा कान थुनेर बस्छन्  भने एक जना धर्म गुरु जसको विरुद्ध प्रायोजित ढंगले लाग्नु राष्ट्रिय  मिडियाको नाममा प्रोपोगन्डा बाहेक अरु हुन सक्दैन ।

कान्तिपुर र अनलाइनखबरले  विभिन्न शिर्षक र सम्पादकीयमा  नवनियुक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष डा.लामा  विरुद्ध निरन्तर विहान वेलुका चरित्रहत्याको निम्नतस्तरीय तहमा उत्रिएर गरिएका समाचार टिप्पणी र लान्छानाहरुले  नेपाली पत्रकारिताको विश्वानियता माथी नै प्रश्न उठेको छ ।

अब राज्यले आवश्यक र उपयुक्त व्यक्तिको रुपमा स्वीकार गरेर राज्यको तर्फबाट जिम्मेवारी प्रधान गरेको सूचना प्राप्त गर्न साथ सुनियोजित रुपमा धर्म गुरु उपाध्यक्ष लामाको विरुद्ध लान्छाना लगाउने गिरोह र मिडिया सधै संगठित रुपमा सक्रिय हुने गरेको तथ्य कान्तिपुर र अनलाइन खबरको पटक-पटकको समाचार हेडलाईन बाट पुष्टि हुन्छ ।

अभियोगहरुको अदालती परीक्षणमा पटक-पटक सफाइ पाएका उपाध्यक्ष डा.लामाको विरुद्ध जब यस्ता मिडियाको  स्वार्थमा धक्का लाग्छ। तब उपाध्यक्ष डा.लामा विरुद्ध समाचारका खेति हुने गरेको प्रष्ट छ। यो आफैमा  सम्मानित अदालतको  बर्खिलाप हो ।

संविधान सभा सदस्य,व्यवस्थापिका संसदको सदस्य वा राजनीतिक दलको जिम्मेवार पदमा रहेका बेला तथा अन्तर्राष्ट्रिय फोरमहरुमा उपाध्यक्ष डा.लामाले देशको र बुद्ध जन्मस्थल लुम्बिनीको पक्षमा बोल्दा तथा लबिङ गर्दा नउठ्ने प्रश्न जब  देशको पक्षमा केही काम गर्ने बेला हुन्छ त्यसमा अवरोध सिर्जना गर्ने नियतले यस्ता प्रायोजित रुपमा अफवाहहरु फैलाइने गरेका छन् ।

आदिवासी जनजाति परिवारमा जन्मिएर , बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचार प्रसारमा आफ्नो जीवन समर्पित गरेका गुरु विरुद्ध  लगाएका सबै आरोपहरुको राज्यका संवैधानिक अंग तथा अनुसन्धान गर्ने अख्तियारीप्राप्त निकायहरुले अनुसन्धानबाट पटक पटक सफाइ पाएको  सत्य स्वीकार न गरेर उनीहरू विरुद्ध लेख्नु पनि अपराध नै हो।

सार्वजनिक जीवनमा प्रवेश गरेको यो २३ वर्षका बीचमा गरेका कामहरु राज्यको रेकर्डमा र  पब्लिक अडिटमा छन् । हुँदै नभएका र गर्दै नगरेका अपराधको समेत मलाई अभियुक्त बनाउने प्रोपोगन्डा आफैमा लज्जास्पद छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083