लुम्बिनी मेरो आस्थाको धरोहर हो, पवित्र स्थललाई अपवित्र हुन दिन्न: उपाध्यक्ष डा.लामा

8.81K
shares

लुम्बिनी । माननीय संविधानसभा सदस्य तथा नवनियुक्त लुम्बिनी विकास काेषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले बिहीबार बिहान पत्रकारहरु संगको परिचयात्मक तथा भेटघाट गरेका छन् ।

पत्रकारहरु सग कुरा गर्दै उपाध्यक्ष डा.लामाले लुम्बिनी बनाउन आफू आएकाले सहयोग गर्न सबै सरोकारवालाहरु सग आग्रह गरेका छन् । लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएकाले स्थानीय, बुद्धिजिवी, पत्रकार र अन्य विभिन्न संघसंस्था सग साथ र सहयोगको अपिल गरेका हुन् । उनले बुद्धजन्मस्थल लुम्बिनी वरिपरिका स्थानीयहरुलाई अपनत्व बनाउने गरी काम गर्ने र यसका लागि प्रत्येक महिना स्थानीय समुदाय, संघसंस्था, पत्रकारहरुको संस्था समेतको उपस्थितीमा छलफल गर्ने बताए ।

‘मेरो धार्मिक आस्थाको केन्द्र हो लुम्बिनी, त्यसैले यसको इतिहास निर्माण गर्न सँकु भनेर आएको छु’ उपाध्यक्ष डा. लामाले प्रण गरे –‘मायादेवीको कसम खाएर भनेको छु, लुम्बिनीमा लिने होईन दिन आएको हुँ ।’ लुम्बिनी बनाएर छोड्छु। आफूले जीवन नै बुद्ध धर्मको निम्ति अर्पण गरेको बताउँदै बाँकी रहेको जीवन पनि सत्कर्ममा लगाउने गरी काम गरेर देखाउन आफू लुम्बिनीको उपाध्यक्ष भएको बताए।

गुरुयोजनाको बाँकी काम, बुद्ध सर्किट निर्माण, रामग्राम, तिलौराकोट र देवदहको पुरातात्विक क्षेत्रको संरक्षण र विकास र निर्माणको लागि आफू रातदिन सक्रिय भएर लागेको भन्दै उपाध्यक्ष डा.लामाले ‘म लुम्बिनी बनाउन लड्छु, जुध्छु, भिड्छु तर, गुरु योजना सम्पन्न गरेरै छाड्ने जिकिर गरे ।

उपाध्यक्ष लामाले गुरुयोजनामा केही परिमार्जन गर्नुपर्ने अवस्था देखिएको बताउँदै त्यसका लागि युनेस्को, विभागीय मन्त्रालय र सरोकारवाला निकायसँग परामर्शमा गरिने बताएका हुन् । ‘४५ वर्षअघि केन्जो टाँगेले बनाएको योजना हो, अहिले धेरै अवस्था फेरिएको छ, त्यसका कारण पनि परिमार्जन जरुरी छ’, उनले भने ।

उनले जिम्मेवारी समाल्ने वितिकै रामग्राम र त्यसपछि तिलौराकोट पुगेको बताउँदै बुद्धजन्मस्थल मात्रै केन्द्रीत नहुने बताए । उनले बोर्ड सदस्यहरुलाई पनि जिम्मेवारी प्रदान गरेर सामूहिक रुपमा अघि बढ्ने योजना रहेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा लुम्बिनी विकास कोषका सदस्य सचीव सानुराज शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य नेत्रबहादुर शाही, विश्वराज पौडेल, परिषद सदस्य गोपिकृष्ण शर्मा, श्रीराम यादव, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राई लगायतको उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083