विश्व सम्पदा सूचीमा सूचीकृतको अन्तिम तयारीमा तिलौराकोट दरबार

31.08K
shares

तिलौराकोट।  गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृतको अन्तिम तयारीमा पुगेको छ। नेपाल सरकारले विश्वको ठूलो खुला संग्रहालयमा दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको अन्तिम तयारीको लागि शुक्रबार तिलौराकोटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा प्रोफेसर रोब्लन कोनिङ्घम, कोश प्रसाद आचार्य नेपाल सरकारका सचीव,सानुराजा शाक्या सहितको अन्य अधिकारीहरूले तिलौराकोट दरबार क्षेत्रको भ्रमण एवं निरिक्षण गरेका हुन् ।

निरीक्षण पछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्राचीन शाक्यहरूको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा जतिसक्दो छिटो सूचीकृत गर्न नेपाल सरकारको तर्फबाट पूर्णरूपमा सहयोग गर्ने बताएका हुन्। त्यस्तै उपाध्यक्ष डा.लामाले यसको निम्ति लुम्बिनी विकास कोष सबै सामर्थ्य लिएर लागि परेको कारण सुचिकृत हुने कुरामा आफू ढुक्क रहेको बताएका हुन् ।

‘तिलौराकोटमा गरिएका अध्ययन अनुसन्धानबाट बुद्धको राजप्रसाद रहेको पुरातात्त्विक प्रमाण, बुद्ध ग्रन्थ, चिनियाँ यात्रीको यात्रा वृत्तान्त र उत्खननबाट प्राप्त सामग्रीले सुरक्षित स्थल रहेको प्रमाणित भए अनुसार संरक्षित क्षेत्रका रूपमा सूचीकृत गर्ने अन्तिम चरणमा रहेको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकतानुसार नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्तरूपमा स्थानीयस्तरको छलफल गरेसँगै उक्त कामको थालनी भएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083