बौद्धधर्म र शान्तिको श्रोत बुद्धको पवित्र जन्मस्थल लुम्बिनी हो’-उपाध्यक्ष डा.लामा

6.28K
shares

लुम्बिनी। लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रको रुपमा स्थापित गर्न माननीय संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले अन्तर्राष्ट्रिय बुद्धिष्ट समुदाय सग आग्रह गरेका छन् ।

भारतीय दूतावास, काठमाडौं र लुम्बिनी बौद्ध विश्वविद्यालय द्वारा संयुक्त रूपमा आयोजित सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव विषयको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष डा.लामाले
उक्त धारणा राखेका हुन् ।

तीन जना बुद्धहरु क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध र शाक्यमुनि बुद्धको जन्मस्थल भएको तथ्य प्रमाणित भएको भन्दै बुद्धको पवित्र जन्मस्थल लुम्बिनी क्षेत्र बौद्ध अनुसन्धानको केन्द्र हुनुपर्ने धारणा राखेका हुन् ।

बुद्धको पवित्र जन्मस्थलबाट बौद्ध धर्मको सुरुवात भएको भन्दै उपाध्यक्ष डा. लामाले विश्वकै शान्तिको श्रोत बुद्धको पवित्र जन्मभूमि लुम्बिनी रहेको समेत उल्लेख गरे।

बौद्ध शिक्षाको महत्त्व विश्वभर भएको र बुद्ध धर्म आस्था मात्रै नभएर दर्शन र सिद्धान्त रहेको जिकिर गर्दै ‘बुद्ध शिक्षा मार्गदर्शक रहेको र यसको अनुशरण र परिपालना हुनु पर्ने समेत बताएका हुन् ।

भारतीय दूतावास, काठमाडौं र लुम्बिनी बौद्ध विश्वविद्यालयले संयुक्त रूपमा सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव अन्वेषण विषयमा अन्तरक्रिया तथा सेमिनार लुम्बिनी बौद्ध विश्वविद्यालय आयोजना भएको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083