नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

4.62K
shares

काठमाडौ ।  जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठकाे प्रमुख आतिथ्यमा,विशेष अतिथि जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालकाे आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम  सम्पन्न भएकाे छ ।

“समुदाय-प्रहरी साझेदारी”अवधारणा अन्तर्गत ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ८ स्थित खानेपानी सभाहलमा जिल्ला प्रहरी परिसर ललितपुरको आयोजनामा सुनुवाइ कार्यक्रम भएकाे हाे ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक नवराज कार्की अन्य अतिथिहरु, प्रहरी बृत सातदोबाटोका प्रमुख प्र.ना.उ.उमेश जोशी,प्रहरी प्रभाग ईमाडोलका प्रमुख प्र.नि. उदय सम्शेर ज.व.रा., जिल्ला ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख प्र.नि.शालिकराम तिमिल्सिना, जिल्ला प्रहरी परिसर ललितपुर सामुदायिक शाखाका प्र.नि.अभिषेक चन्द लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

साथै महालक्ष्मी नगरपालिका वडा नं. ८,९ र १० का वडा अध्यक्ष तथा प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, विभिन्न क्लब, आमा समूह, समाजसेवी, संचारकर्मी, यातायात क्षेत्रका प्रतिनिधि, विद्यार्थी, टोल सुधार समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, स्थानिय व्यवसायी, नागरिक समाज गरी जम्मा २०० जना र २५ जना प्रहरीको सहभागितामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियाे ।