जिल्ला प्रहरी कार्यालय सल्यानको अनुगमन, निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन २ बुधवार १६:३१
4.56K
shares
shares

सल्यान । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले जिल्ला प्रहरी कार्यालय सल्यानको अनुगमन, निरीक्षण गर्नु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानको समग्र वस्तुस्थिति, कार्यालय भवन परिसर, मेस, ब्यारेक, सम्पुर्ण शाखाहरु, स्रोत साधन व्यवस्थापन, हातहतियार, हिरासत कक्ष, नवपर्वद्धनात्मक कार्यहरू, कार्यालयबाट सम्पादित काम कारवाही, सेवा प्रवाह र गुनासो सम्बोधनको विषयमा स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको हाे।
निरीक्षण पश्चात कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई व्यवसायीक, अनुसाशित एवं कर्तव्य निष्ठ भई नागरिकमैत्री सेवा प्रवाह गर्न दिईएको जिम्मेवारी उच्च मनोबलताका साथ कार्यसम्पादन गर्न आवश्यक निर्देशन दिनु भएको थियाे ।
















