पुर्व प्रहरी, अमर अशक्त प्रहरी परिवारसँग परिचयात्मक एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन १४ सोमवार १७:१४
shares

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यकाे प्रमुख आतिथ्यतामा पुर्व प्रहरी, अमर/अशक्त प्रहरी परिवारसँग परिचयात्मक एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यकाे प्रमुख आतिथ्यतामा पुर्व प्रहरी, अमर/अशक्त प्रहरी परिवारहरुसँग परिचयात्मक कार्यक्रम गरी पूर्व प्रहरी, अमर/अशक्त प्रहरी परिवारको हित एवम् वृत्ती विकास सम्बन्धी अन्तरक्रिया कार्यकम सम्पन्न भएकाे हाे।

उक्त कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राम प्रकाश शाहज्यू, कर्णाली प्रदेश प्रहरी गण सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणी गिरी, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का लगायत यस कार्यालयका सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।




























