प्रहरी उपरीक्षक मिलन के.सी.द्वारा पुर्व प्रहरी कर्मचारीहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन १६ बुधवार २०:१६
shares

झापा । जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी. ले पुर्व प्रहरी कर्मचारीहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएकाे छ ।
झापा जिल्ला स्थितका पुर्व प्रहरी कर्मचारीहरुसंग प्रहरी उपरीक्षक मिलन के.सी. ले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएको हाे ।
पुर्ब प्रहरी संगठन झापाका अध्यक्ष खडग बहादुर खड्का, केन्द्रिय सदस्य मदन गोपाल सुब्बा लगायत अन्य पुर्व प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा कार्यालय प्रमुखले आपत् बिपद् परेको खण्डमा वा राम्रो पक्षको लागी जति बेला पनि सहयोग गर्न सकिने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।
साथै प्रहरी प्रतिको बिश्वासलाई समाजमा प्रगाढ बनाउन, शान्ती सुरक्षा मजबुद बनाउन तथा अपराधिक निरुत्साहित गर्न पुर्व प्रहरी कर्मचारीहरु समेतको भुमिका रहेको तथा प्रहरी र पुर्व प्रहरी कर्मचारी बिचको सम्बन्ध सुमधुर बनाउदैं लैजाने लगायत बिबिध बिषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।






























