जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट बिदा भए एसपी दयानिधी ज्ञवाली
वि.सं.२०८० चैत २५ आइतवार १९:१६
7.83K
shares
shares

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीलाई एक कार्यक्रम आयाेजना गरि बिदाई गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट एसपी ज्ञवालीकाे प्रहरी केन्द्रीय विशेष कार्यदल, काठमाण्डौ सरुवा भएको हाे ।

सरुवा भई जान लाग्नु भएका उक्त कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीलाई कार्यक्रमका बिच मायाको चिनो प्रदान गरी सफल कार्यकालको शुभकामना सहित बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न गरेकाे थियाे ।



















