पाटन संयुक्त क्याम्पस प्रकरण : क्याम्पस प्रमुख, स्ववियु नेतृत्वको संलग्नतामा लाखौ ठगी !

11.69K
shares

काठमाडौ । ललितपुर स्थित पाटन संयुक्त क्याम्पस त्रिभुवन विश्वविद्यालय भन्दा जेठो एवं ऐतिहासिक क्याम्पस हो । त्रिभुवन विश्वविद्यालय भन्दा ४ बर्ष अगाडि अर्थात २०११ सालमा स्थापित यस पाटन क्याम्पसबाट हालका प्रधानमन्त्री पुस्पकमल दाहाल “प्रचण्ड” ले समेत आइ.एसि गर्नु भएको थियो भने अन्य हजारौं दिग्गज ब्यक्तिहरु उक्त क्याम्पसमा अध्ययन गरेर देशको विभिन्न क्षेत्रमा सेवा गरि रहेका छन् ।

बिज्ञान , मानबिकी , ब्यबस्थापन संकाय अन्तरगत स्नातक तथा स्नातकोत्तर तह पढाइ हुने उक्त क्याम्पसमा करिब १०,००० विद्यार्थीहरुले अध्यन गरि रहेका छन् । क्याम्पसको मुख्य आम्दानीको स्रोत B.sc.csit , BIT , BBA , र BCA  हो । अन्य शैक्षिक कार्यक्रममा भन्दा यी शैक्षिक कार्यक्रममा अध्यन गर्न शैक्षिक शुल्क अत्यधिक धेरै हुन्छ भने निस्चित सिट सङ्ख्या हुने भएकोले भर्ना हुन पनि निकै प्रतिस्पर्धा अर्थात कठिन हुने गरेको छ ।

यसको फाइदा उठाउदै यस शैक्षिक बर्ष २०८०/८१ मा पाटन क्याम्पस अन्तर्गत B.sc.csit भर्नाको क्रममा क्याम्पस प्रमुखको सङ्लङ्न स्ववियु सभापति सुशील बिष्ट , स्ववियु सचिव अभिनास भण्डारी , एमाले निकट अनेरास्ववियु पाटन क्याम्पसको उपाध्यक्ष मदन देवकोटा , माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) पाटन क्याम्पसको सचिव अशोक दुलालले विद्यार्थीलाई भर्ना गरिदिने भन्दै १५ ओटा सिट लुकाएर ३५ लाख उठाएको उजुरी परेको छ ।

(विज्ञप्ति सहित)

पीडित विद्यार्थीले राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी गरेपछी सम्बन्धित आरोपित ब्यक्तिहरुलाई कार्वाही गर्न राष्ट्रिय सतर्कता केन्द्रले त्रि.वि उपकुलपति कार्यलयलाइ निर्देशन दिएको छ । विगत देखि नै स्ववियु सभापति नेतृत्वले भिविन्न बाहानामा विद्यार्थीहरुले पाउने सेवा सुविधा स्ववियु नेतृत्वले लिने गरेको पाईन्छ । त्यसै गरि स्ववियु नेतृत्व विगत देखि नै भ्रष्टाचारमा मुछिदै आएको छ ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083