राजपा फुट्यो, अशोककुमार यादवको नेतृत्वमा नयाँ पार्टी गठन

6.29K
shares

काठमाडौं ।आज बाट राष्ट्रिय जनता पार्टी औपचारिक रुपमा फुटेको छ। असन्तुष्ट समूहले अशोककुमार यादवको नेतृत्वमा नयाँ पार्टी गठन गरेको हो। शुक्रबार रिपोर्टर्स कल्वमा पत्रकार सम्मेलन गरी उपाध्यक्ष यादवसहित राजपाका ३३ केन्द्रीय सदस्य सहितको राष्ट्रिय जनता पार्टी लोकतान्त्रिकको घोषणा गरेका हुन्।

यादवको संयोजकत्वमा ११ सदस्यीय महाधिवेशन आयोजक समिति समेत गठन गरेका छन्। समितिको सह–संयोजकमा रीतेशकुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दीपेन्द्र यादव, र सदस्यहमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन्। संयोजक यादवले राजपामा ६ अध्यक्षहरुको मात्रै मनोमानी चलेको र मधेसी जनताको माग भूलेर आन्दोलनलाई सत्तामा पुग्ने भयाङ बनाएको आरोप लगाएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083