कपिलवस्तुमा इट्टा उद्योगले प्रदुषण बढाउँदै

5.33K
shares

पुस,२५ बिहीबार- कपिलवस्तु। शुद्धोधन गाउँपालिका वडा नं ३ कपिलवस्तु सानो सिसहनीका ३५ वर्षीय धु्रवनारायण चौधरीको घरको नजिक २ किलोमिटरमा त्रिशक्ति इट्टा उद्योग छ । धुलो धुँवाविहिन र सहरको कोलाहाल भन्दा शान्त वातावरणमा हुर्के बढेका उनलाई भने अहिले इटा उद्योगको प्रदुषणले गाउँमा बस्न गारो भएको छ । चौधरी भन्छन्,“इटाभट्टाबाट आउने धुँवा र धुलोले स्वास फेर्न पनि गारो हुन्छ । गाउँमा राम्रो र स्वच्छ हावा पाइन्छ भनेर सहरको बसाइ त्यागेको मलाई अहिले भट्टाको धुँवाले समस्या बनायो ।” त्यसैगरी सोही ठाउँका ४४ वर्षीय रामजस पाल पनि पुराना दिनहरुलाई त्यसरी नै सम्झिरहेका छन् । पालका अनुसार सबै भन्दा बढी धुवा असोजमा धुँवा हुन्न । कम हुन्छ । त्यतिवेला पानीले पखालेको हुन्छ । अनि असोज महिनामा इटा उत्पादन पनि हुँदैन ।

शुद्धोधन गाउँपालिका वडा नं ३ कपिलवस्तुका ४४ वर्षीय स्थानीय रामजस पाल

असोज महिनामा हुने गरेको छ । उक्त महिनामा बाली नाली समेत धुवाले कालै हुने गरेको र बाक्लो कालो धुवाका कारणले गर्दा आँखा पोल्ने, चिलाउने जस्ता समस्याहरु हुदै आइरहेको छ । उनी भन्छन्,-“चैत्र महिनामा यस्तो लाग्छ हावा हैन आगोको तातो ताप र कालो धुवा उढिरहेको छ ।
सोही ठाउँका त्रिभुवन यादव भट्टाबाट निस्कने धुँवाले वरपरका रुख विरुवाका पात पनि कालो हुने गरेको सुनाउँछन् । ऐन लाई व्यवास्था गर्दै पुसमै इट्टा पोल्न सुरु गर्दा पुस महिनामा तराईमा शीत लहर र बाक्लो हुस्सु लाग्ने गरेको छ ।

इट्टाभट्टामा आगो लगाउँदा मौसमलाई प्रतिकुल पार्दै प्रदूषण बढी गराउने गर्छ । वन तथा वातावरण मन्त्रालयले २०८१ साल कार्तिक महिनाको ३० गते औद्योगिक व्यवसाय ऐन २०७६ को दफा २० को उपदफा १० अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रिको अध्यक्षतामा बसेको औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको २४३ औं बैठकले इट्टा उद्योगबाट हुने प्रदूषण न्यूनीकरण गर्न एवम् कामदारको स्वास्थ्यलाई समेत ध्यान दिई इट्टा पोल्ने कार्य प्रत्येक वर्षको पुष मसान्त पछि मात्र सुरु गर्नको लागि इट्टा उद्योग दर्ता गर्ने निकायहरूलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ । तर, गत वर्षदेखि लागु भएको यो नियमको उल्लंघन गर्दै कपिलवस्तुका दुई उद्योगले इट्टा उद्योग संचालन सुरु गरीसकेका छन्।

वातावरणीय प्रभाव पार्ने इट्टा उद्योग

कपिलवस्तुको महाराजगंजमा अवस्थित जय माँ काली इट्टा उद्योग र बुद्धभूमिमा अवस्थित एन आर एस इट्टा उद्योगले समय अगावै इट्टा पोल्ने कामको सुरु गरेका हुन् । गत वर्ष भने कपिलवस्तुका इट्टा उद्योगीहरुले, नेपाल सरकार वातावरण मन्त्रालयकोस्वी निर्देशनलाई कार्यन्व्यन गर्र्दै उत्पादनको काम माघ १ गते मात्र सुरु गरेकोमा यस वर्ष भने, वातावरण प्रदूषण हुने विषयलाई बेवास्ता गर्दै समयभन्दा अगावै इट्टा पोल्न सुरु गरेका छन् । काचो इट्टाको उत्पादन गर्ने तर पोल्ने काम तोकेका समयमा गर्ने गरी अन्य जिल्लाका उद्योगीहरुले तयारी गरिरहँको बेला कपिलवस्तुमा भने उक्त निर्णयलाई नमान्दै इट्टा पोल्ने काम नै सुरु गरेको हो ।  घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख वरिष्ठ उद्योग अधिकृत सन्तोष खनालका अनुसार कपिलवस्तु जिल्ला भित्र रहेको इट्टा उद्योगहरुलाई, वातावरण प्रदुषण हुन नदिन आवश्यक मापदण्ड अपनाउन भनी रहेका छौ, त्यही अनुरुप गत वर्ष आएको परिपत्रअनुसार नै स्थानीय तह र जिल्ला इट्टा उद्योग संघलाई गत वर्ष नै परिपत्र गरेको र सम्पर्कमा ल्याई कार्यान्वयनका लागि अनुरोध गर्ने गरेको बताए। अब भने त्यस्ता उद्योगहरुलाई कारवाहीको दायरामा ल्याउने उनको भनाइ छ।  औद्योगिक व्यवसाय ऐन २०७६ दफा ७ मा वातावरणिय प्रतिकूल असर निराकरण गर्नुपर्ने स्पष्ट व्यवस्था गरीएको छ । उक्त दफा अनुसार उद्योगबाट हुने प्रदुषण न्यूनीकरण गर्न एवं कामदारको स्वास्थ्यलाई समेत ध्यान दिई परम्परागत प्रविधियुक्त इट्टा उद्योग जस्तै फिक्स चिम्नी भट्टा उद्योग दर्ता नगर्ने, हाल संचालनमा रहेका परम्परागत प्रविधीयुक्त ईटा उद्योगमा जिकज्याक प्रविधि अवलम्बन गर्ने, इट्टा पोल्दा भुसको प्रयोग नगर्ने र इट्टा उद्योगमा फाइरिङ पुष मसान्तपछि सुरु गर्ने परिपत्र गरेको छ । कसैले गरेको भए तुरुन्त रोकी निर्देशित मिति पछि मात्रै सुरु गर्ने, परम्परागत चिम्नीलाई आधुनिक प्रविधिमा रुपान्तरण गरी वातावरण प्रदुषण न्यून हुने गरी उद्योग सञ्चालन गर्ने गराउने लेखिएको छ ।

वातावरण विद् डा. भुपेन्द्र झाका अनुसार, इट्टा उद्योगले उत्पादनको समयमा – ब्याक कार्बन, सल्फरडाइअक्साइड, कार्बन डाइअक्साइड जस्ता हानीकारक ग्याँसहरु उत्सर्जन गर्ने गरेको बताए । उक्त ग्याँसहरुले रगतमा प्रवेश गरी अक्सिजन  को मात्रामा कमी ल्याउने गर्छ, अध्ययनले के पनि देखाएको भने यस्ता उद्योगहरुको ओरपोर बस्ने स्थानीयहरुमा आँखा चिलाउन, स्वास प्रस्वास असर गरी दमको बिमार समेत बढाउने गर्छ । उद्योगको १ कि मी परिसर भित्र रहेको मानिसहरुमा सबै भन्दा बढी यस्ले असर गर्ने गर्छ । उनले भने, हामीले काठमाडौलाई केन्द्रित गरेर गरेको अध्ययनले यस्तो देखाएको थिया र संभवतः यसरी धेरै उद्योग भएका ठाउँहरुको समस्या उही नै हो तुलनात्मक हिसाबले घटी अथवा बढी हुन सक्छ । विशेष गरी तराई क्षेत्रमा चिसो मौसममा हावाहरु कम चल्ने गर्छ, जस्काकारण धुवाहरु हावाको प्रवाह अनुसार जान सक्दैन् ।

यस्ता समस्यालाई कम गर्न ब्रिक टनेल जस्ता आधुनिक उपकरणको प्रयोग गर्नुपर्छ भने अर्को तर्फ राज्यले बनाएको नितीहरु कार्यान्वयन नहुँदा झन अर्को समस्या सृजना भइरहेको छ । लुम्बिनी प्रदेश इट्टा व्यवसायी संघका अध्यक्ष थानेश्वर घिमिरेले वातावरणलाई कम असर पार्ने खालका प्रविधिको प्रयोग गर्दै आएको जानकारी दिए। पछिल्लो समय इट्टा उद्योग व्यवसायहरु धारासाय भइरहेको अवस्था रहेको छ । वातावारण सँगै व्यवसायको संरक्षण अहिले मुख्य चुनौतिको रुपमा रहेको छ ।तर कपिलवस्तुमा भने यसरी कानूनी उल्लंघन गर्दै, वातावरणीय प्रभाव बिना ईटा पोल्न सुरुवात गरीएको छ। यस कारण स्थानीयहरुको स्वास्थ्य रवातावरण दुबैलाई प्रतिकुल असर परिरहेको छ ।