स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा पूर्व स्ववियु सभापतिहरूलाई सम्मान
गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सम्पन्न
वि.सं.२०८२ पुस १४ सोमवार २२:५२
shares

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसद्वारा पूर्व स्ववियु सभापतिहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई सम्मान नव आगन्तुक विद्यार्थी स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले विद्यार्थी राजनीति देशको भविष्य निर्माणसँग जोडिएको उल्लेख गर्दै शैक्षिक गुणस्तर, अनुशासन र सिर्जनशीलतामा विद्यार्थीहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए।

स्ववियु बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित नव आगन्तुक विद्यार्थी स्वागत, पूर्व स्ववियु सभापतिहरु गाेपि प्रसाद रुपाखेती,हर्क बहादुर देउवा,लक्ष्मण लम्साल,माेहन बहादुर कार्की,नविना लामा, नारायण श्रेष्ठ सम्मानित भएका हुन्। साथै विभिन्न संगठनका क्रियाशिल संगठनका पुर्ब अध्यक्ष, निबर्तमान अध्यक्ष, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थी खेलाडीहरूलाई सम्मान गरिएकाे हाे।
कार्यक्रममा स्ववियु अध्यक्ष भूमिराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। विशिष्ट अतिथिका रूपमा बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री दिपेन्द्र श्रेष्ठ उपस्थित थिए। त्यसैगरी विशेष अतिथिहरूमा क्याम्पस सञ्चालक समिति अध्यक्ष हरिबोल भट्टराई तथा क्याम्पस प्रमुख डा. घमाननसिंह खड्का विशेष अतिथिकाे रुपमा सहभागी थिए।
कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याएका पूर्व स्ववियु अध्यक्षहरू तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेका खेलाडीहरूलाई सम्मान गरिएको थियो। साथै, विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमले कार्यक्रममा थप रौनक ल्याएको थियो।
यस्ता कार्यक्रमले नव आगन्तुक विद्यार्थीहरूलाई क्याम्पस जीवनसँग अभ्यस्त गराउनुका साथै शैक्षिक, खेलकुद र सांस्कृतिक गतिविधिमा सक्रिय सहभागिताका लागि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा विभिन्न केन्द्रीय विद्यार्थी संगठनका अध्यक्षहरु क्याम्पसका प्रध्यापकहरु, विद्यार्थीहरु लगाएतकाे उपस्थिति रहेको थियाे।















