सुनको मूल्यमा एकैदिन १४,६०० ले ऐतिहासिक वृद्धि
तोलाको २ लाख ८८ हजार नाघ्यो
वि.सं.२०८२ चैत ११ बुधवार १३:०५
shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा बुधबार असामान्य वृद्धि देखिएको छ। पछिल्ला केही दिनदेखि घट्दो क्रममा रहेको सुन एकैदिन १४ हजार ६०० रुपैयाँले उकालो लाग्दै नयाँ उचाइमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ। मंगलबार भने यही सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४७ हजार ३४० रुपैयाँ पुगेको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। मंगलबार प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको चाँदी बुधबार ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार २१८ रुपैयाँ कायम भएको जनाइएको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव, अमेरिकी डलरको मजबुती तथा लगानीकर्ताहरूको सुनतर्फ बढ्दो आकर्षणका कारण स्थानीय बजारमा यस्तो तीव्र वृद्धि देखिएको विश्लेषण गरिएको छ।
मूल्यमा आएको यो उछालले विशेषगरी विवाह ९लगन० सिजन नजिकिँदै गर्दा उपभोक्तामाथि थप आर्थिक भार पर्ने देखिएको छ।































