मनोहरा नदी किनारमा डोजरमाथि ढुंगामुढा हुँदा एक दर्जन प्रहरी घाइते

1.33K
shares

काठमाडौंको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना हटाउन पुगेको सरकारी टोलीमाथि आक्रमण हुँदा अवस्था तनावपूर्ण बनेको छ। शनिबार साँझ भत्काउने कार्यका लागि पुगेको डोजरमाथि एक समूहले ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएको छ।

घटनामा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब एक दर्जन सुरक्षाकर्मी घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र उपचारपछि घर फर्काइएको जानकारी दिइएको छ।

स्थानीय बासिन्दाले उक्त दिन संरचना नहटाई भोलिका लागि सार्न आग्रह गरेका थिए। टोली फर्कने क्रममा केही व्यक्तिहरू अचानक आक्रामक बनेर आक्रमणमा उत्रिएको प्रहरीको भनाइ छ। प्रारम्भिक रूपमा आक्रमणमा संलग्न व्यक्तिहरू मादक पदार्थ सेवन गरेको अवस्थामा रहेको आशंका गरिएको छ।

घटनापछि आजका लागि भत्काउने काम स्थगित गरिएको छ। प्रशासनले सुरक्षा अवस्था मूल्याङ्कन गरेर आवश्यक तयारीसहित मात्र आगामी कदम चाल्ने जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083