एसपी सन्तोष आचार्य कपिलवस्तु जिल्लामा आफ्नो कार्यकाल सफल बनाएर अन्तत : बिदा भए

2K
shares

कपिलवस्तु  । प्रहरी उपरीक्षक ( एसपी) सन्तोष आचार्य कपिलवस्तु जिल्लामा आफ्नो कार्यकाल सफल बनाएर बिदा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी विदा भएका एसपी सन्तोष आचार्यलाई उहाँको आगामी कार्यकालको लागि हार्दिक शुभकामना समेत ब्यक्त गरिएको छ।

जिल्लामा उहाँले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र नागरिक सेवामा उहाँले पुर्‍याउनुभएको योगदान सराहनीय रहेकाे छ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौंको पत्राआदेशानुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रहरी प्रमुखको रुपमा रही हाल कोशी प्रदेश प्रहरी गण बिराटनगर सरुवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक सन्तोष आचार्यलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु परिवार द्वारा मायाँको चिनो प्रदान गरी फेरी भेटौला कार्यक्रम सम्पन्न भएको थियाे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083