आईजीपी दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

624
shares

लुम्बिनी ।  आईजीपी दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दान कार्कीको प्रमुख आतिथ्यतामा रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका-१० महिलावार स्थित लुम्बिनी विकास कोषको परिसर भित्र शान्ति पदयात्रा तथा आत्महत्या, लागु औषध, दुर्व्यसनी, सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको हाे।

कार्यक्रमले समुदायमा शान्ति, सद्भाव र सुरक्षित समाज निर्माणको लागि सकारात्मक सन्देश प्रवाह गर्दै आत्महत्या, लागु औषध दुर्व्यसन तथा सडक दुर्घटना न्यूनीकरणमा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहको सन्देश दिएको छ ।

उक्त कार्यक्रममा विभिन्न सुरक्षा निकाय, सरकारी कार्यालय, संघ–संस्था, विद्यार्थी, स्थानीयवासी तथा सरोकारवालाहरू समेत करिब ७,००० जना भन्दा बढिको सहभागिता रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083