काभ्रे प्रहरीद्वारा लागू औषध विरुद्धको सप्ताहव्यापी अभियान शुभारम्भ

2.3K
shares

काभ्रे । “लागू औषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं” भन्ने नाराका साथ लागू पदार्थ दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा काभ्रे प्रहरीले सप्ताहव्यापी कार्यक्रम शुभारम्भ गरेको छ।

मिति २०८३ असार ६ गतेदेखि असार १२ गतेसम्म सञ्चालन हुने कार्यक्रम अन्तर्गत सार्वजनिक सवारीसाधनका चालकहरूको लागू पदार्थ सेवन (ला.पा.से) परीक्षण कार्यक्रम आयोजना गरी अभियानको सुरुवात गरिएको हो।

कार्यक्रममार्फत लागू औषधको प्रयोग, दुरुपयोग तथा अवैध ओसारपसारबाट हुने सामाजिक असरबारे जनचेतना अभिवृद्धि गर्ने, सुरक्षित यातायात प्रवर्द्धन गर्ने तथा लागू औषध नियन्त्रणमा समुदाय–प्रहरी सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्य रहेको प्रहरीले जनाएको छ।

सप्ताहव्यापी अभियान अवधिभर विभिन्न जनचेतनामूलक कार्यक्रम, सचेतनामूलक अभियान तथा लागू औषध विरुद्धका गतिविधिहरू सञ्चालन गरिने बताइएको छ।


divya collage
unigloble collage