११ जिल्लामा फैलियो बर्डफ्लु, उपत्यका र काभ्रेमा संक्रमणको जोखिम उच्च

325
shares

काठमाडौं । देशका ११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार ४ चैतमा मोरङबाट सुरु भएको संक्रमण झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेसम्म फैलिएको हो।

संक्रमण नियन्त्रणका क्रममा हालसम्म ५ लाख ६९ हजारभन्दा बढी पन्छी, ९ लाख ८९ हजारभन्दा बढी अण्डा र १ लाख ९५ हजार किलोभन्दा बढी दाना नष्ट गरिएको विभागले जनाएको छ।

कोशी प्रदेशमा संक्रमण केही नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका र काभ्रेमा भने संक्रमण बढ्दो क्रममा रहेको विभागको भनाइ छ। विभागले पन्छीपालक किसानलाई उच्च सतर्कता अपनाउन, जैविक सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न र असामान्य लक्षण देखिए तुरुन्त पशु सेवा निकायलाई जानकारी गराउन आग्रह गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083